नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

Sharing is caring!

कात्तिक २०, २०७७

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ। 

२५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो।

ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।  फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यस अघि नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here