अन्तर्राष्ट्रिय मोडल घिमिरे एक उत्कृष्ट भिडियोका साथमा

Sharing is caring!

कार्तिक ११, २०७७

अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका मोडल तथा कोरियोग्राफर दीपक घिमिरे एक उत्कृष्ट कलाकार हुन। 

घिमिरे केही वर्षअघि अमेरिकामा आयोजित फेसन विकमा अन्तर्राष्ट्रिय नेपाली मोडलको रुपमा क्याटवाक गरेर चर्चामा आएका थिए । 

लकडाउन खुले लगत्तै म्युजिक भिडियोमा देखिन थालेका घिमिरेले यो अवधिमा एक दर्जन बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

घिमिरेले अभिनय गरेका केही भिडियो सार्वजनिक भैसकेका छन् भने केही भिडियो सार्वजनिक हुने क्रममा छन् । 

उनले अभिनय गरेको गायक रिकेश गुरुङको नयाँ भिडियो यसै साता प्रसारण हुँदैछ । जसको पोस्टर केही दिनअघि सार्वजनिक भएको छ ।

‘तिमी नै तिमी’ शीर्षकको उक्त गीतको भिडियोमा घिमिरेलाई मोडल अञ्जना बराइलीले अभिनयमा साथ दिँदैछिन् । 

यो लगत्तै मोडल भिमिरेलाई सुगम पोखरेलको एउटा नयाँ गीत ‘मायालु साबुन…’ मा देख्न सकिन्छ । 

त्यसपछि उनी गायक रामकृष्ण ढकालको नयाँ गीतको भिडियोको छायांकनका लागि पोखरा जाँदैछन् । 

यसअघि उनले गायक कमल खत्रीको गीत ‘पानी पिउने…’ तथा गायक प्रताप दासको ‘अञ्जानैमा…’ को भिडियोमा गरेको अभिनयलाई दर्शकले मन पराएका थिए । 

मोडल घिमिरेले नेपाली फिल्ममा समेत अभिनय गर्ने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here