बिरहीको ‘सुन्तली रतेउली’ मा बिन्दास ढकालको नृत्य

Sharing is caring!

– प्रकाश समीर

काठमाडौँ । दुर्गा विरहीको मौलिक गीत ‘सुन्तली रतेउली’ सार्वजनिक भएको छ ।
उक्त गीतमा मोडल तथा कोरियाग्राफर बिन्दास ढकालले अभिनय गरेका छन् । यूटुवको कमेन्टहरुमा ढकालको नृत्यको उच्च प्रशंसा भएको छ । भक्तशाक्य एकलयात्री नामको आइडीबाट गरिएको कमेन्टमा भनिएको छ ‘बिन्दास ढकालको निक्कै दमदार नृत्य देख्न पाइयो, खुशी लाग्यो ।’ त्यस्तै प्रतिक्रियामा गीतको मौलिक पक्षको धेरैले प्रशंसा गरेका छन् ।
गाउघरतिर विवाह, ब्रतबन्धका समयमा बढी गाइने मौलिक गीतमा दुर्गा विरही र प्रिती आलेले आवाज भरेका छन् भने गीतको चलदृश्यमा नवोदित मोडल तथा कोरिग्राफिर विन्दास ढकालले समेत फिचरिङ गरेका छन् ।
नृत्य शिक्षकसमेत रहेका बिन्दासलाई अभिनयमा गायकसमेत रहेका दुर्गा विरही र टिका सानुले साथ दिएका छन् । ढकालले विगत लामोसमयदेखि गीतसंगीतको क्षेत्रमा समय व्यतित गर्दै आएका छन् । नृत्यमा पारङ्गत ढकाल कोरियोग्राफर पनि उत्तिकै पोख्त रहेका छन् । यस अघि थुप्रै गीतहरुमा अभिनय तथा नृत्य गरिसकेका ढकाल दुर्गा विरही कृत प्रस्तुत गीतमा आफूले गरेको कामबाट धेरै सन्तुष्ट र आशावादी रहेको बताउछन् ।

Video Link :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here