मुकेश पुलामीको पहिलो गीत ‘मुटु भित्र मायालु’ सार्वजनिक (भिडियोसहित)

Sharing is caring!

प्रकाश समीर

काठमाडौं । सुमधुर आवाजका धनि गायक मुकेश पुलामी मगरको लोक तथा दोहोरी गीत ‘मुटु भित्र मायालु’ सार्वजनिक भएको छ ।

प्रत्यक्ष दोहोरीमा माहिर कलाकार पुलामीको पहिलो गीत हो । गायक पुलामीको पहिलो एल्वम भए पनि उनको आवाजले पहिलो भन्दैन उनी खारिएका कलाकार हुन भन्ने कुरा गीतले प्रमाणित गरेको छ ।

गणेश अधिकारीको शब्द, संगीत रहेको गीतमा पुलामी र सम्झना पुनको आवाज रहेको छ । रेशम चिदी र अञ्जली अधिकारीको अभिन रहेको गीतको चलदृश्यको निर्देशन अमर सुनारले गरेका छन् । गीतमा एक अर्कालाई माया गर्ने प्रेम, प्रेमीकाहरुले प्रकट गर्ने प्रेमिल भाव व्यक्त गरिएको छ ।
गीतलाई सम्झना डिजिटलको अफिसिएल यूटुव च्यानलले सार्वजनिक गरेको छ । पहिलो गीत भए पनि आफू सन्तुष्ट रहेको गायक पुलामी बताउछन् । यसअघि प्रत्यक्ष दोहोरीमा मात्र गाउदै आएका पुलामीको केही साता पश्चात अर्को गीतसमेत बजारमा आउने तयारीमा छ । यसअघि पनि पुलामीको आवाज रहेको प्रर्दशोन्मुख गीत ‘पीरले मुटु पोल्छ’ टिकटकमा ख्याती कमाउन सफल छ ।

Video_Link.:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here