चिन विरुद्ध नेविसंघ पर्साद्वारा प्रदर्शन

Sharing is caring!

दिपु वर्णवाल

वीरगञ्ज १० असोज । चिनले अवैध तरिकाले नेपालको भुमि मिचेर भवन बनाएको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघ पर्सासँग आबद्ध विद्यार्थी नेताहरुले शनिबार वीरगञ्जको घण्टाघरमा सङ्घीय सरकार र चिन विरुद्ध प्रदर्शन गरेका हुन् ।

चिनले नेपालको हुम्ला नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँस्थित लाप्चामा नेपाली भूमि अतिक्रमण गरेर नौं वटा भवन बनाएको विरुद्धमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले चिन सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मिचिएको नेपाली भूमिलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरुले चिनले नेपालमाथि गरिरहेको सहेर नसक्ने बताउँदै भूमि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि सुदीर पटेलले सङ्घीय सरकारले नेपालको भूमि नमिचिएको भनेर घोषणा गर्नु दुर्भायापूर्ण भएको बताए । उनले नेपालको कम्युनिष्ट सरकार चिनको अगाडी झुएको बताउँदै नेविसंघले देशको एक इन्च भूमिपनि कसैलाई नलिन दिने बताए ।

नेविसंघ पर्साका उपाध्यक्ष विकेश पटेलको नेतृत्वमा आयोजित विरोध सभामा संघको वीरगञ्ज महानगरपालिका कमिटिक आध्यक्ष विवेक कलवार, तरुन दलका नेता मक्कु सिंह, पोखरिया नगर कमिटिका अध्यक्ष सन्तोष महोत, पर्सागढी नगर कमिटिका अध्यक्ष मञ्जिव मिश्रा, विशाल पटेल, आकाश प्रजापतिलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here