पुनः अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडक

Sharing is caring!

असोज १, २०७७

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अबरुद्ध भएको छ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४:३० वजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ।

पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। 

पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन्।

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेबाट सडक एकतर्फी सञ्चालनमा ल्याईएको थियो।

सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ।

(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here