गण्डकी प्रदेशका थप ५० जनामा कोरोना पुष्टि

Sharing is caring!

भदौ ३१, २०७७

गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या तीन हजार १६६ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये कास्कीका मात्रै २९ जना रहेका छन्। उनीहरू पोखरा महानगरपालिका–८ का तीन, वडा नम्बर ५ का एक, वडा नम्बर ११ का पाँच, वडा नम्बर २७ का चार, वडा नम्बर ४ का आठ, वडा नम्बर १५ का दुई, वडा नम्बर १० का दुई, वडा नम्बर ९ का एक वडा नम्बर १ एक र वडा नम्बर ६ का एकजना रहेका छन्। कास्कीकै रुपा गाउँपालिका–६ का एक पुरुषमा पनि संक्रमण रहेको पाइएको छ।

यस्तै, बाग्लुङको गलकोट नगरपालिका–३ का एक, बडिगाड गाउँपालिका–४ का एक र बाग्लुङ नगरपालिका–१ का ए जनामा पनि संक्रमण पुष्टि भएको छ। तनहुँको ब्यास नगरपालिका–१ का एक जना, वडा नम्बर ११ का एक तथा घिरिङ गाउँपालिका–१ का दुई र वडा नम्बर ३ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गोरखाका १३ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरू शहिदलखन गाउँपालिका–३ का एक, बारपाक सुलिकोट गाउँपालिका–७ का चार, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का एक, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का एक, भीमसेन थापा गाउँपालिका–७ का दुई र गोरखा नगरपालिका–७ का दुईजना रहेका छन्।

पोखरा महानगरपालिका–४ का आठजना पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने वडा नम्बर १५ का ४० वर्षका दुईजना पुरुष, वडा नम्बर २७ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २१ वर्षीय पुरुष गरी चारजना भारतबाट आई क्वारेनटाइनमा बसिरहेकाहरू हुन्।  वडा नम्बर १ का २५ वर्षीया महिला पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन्। 

यस्तै, रुपा गाउँपालिका–१ का २७ वर्षीय पुरुष इलामबाट आई क्वारेनटाइनमा बसेका व्यक्ति हुन् भने पोखरा महानगरपालिका–तनहुँको घिरिङ र बागलुङमा थपिएका सबै जना भारतबाट आएर क्वारेनटाइनमा बसिरहेका व्यक्ति हुन। बाँकी रहेका अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पत्ता लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here