पर्साका ८ जनासहित थप १८ जनमा कोरोना संक्रमण पुष्टि

Sharing is caring!

भदौ २९, २०७७

वीरगञ्ज – पर्सा र बाराकाे थप १८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार सांझ गरिएकाे परिक्षणमा पर्साका ८ र बाराका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

२९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ५ महिलासहित १८ जनामा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । थपिएका संक्रमितहरु १७ बर्षदेखी ७४ बर्ष सम्मका रहेका छन् ।

उनीहरुकाे सिटी भ्यालु १५ देखी २४ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

संक्रमित हुनेमा पर्साकाे वीरगञ्ज महानगरपालिकाकाे ५ जना, बडेर्वा, परवानीपुर र पटेर्वा सुगाैली गाउँपालिकाकाे १-१ जना रहेका छन् । यस्तै बाराकाे जितपुर सिमराका ६ जना, सिम्राैनगढका ३ जना र सवर्ण गाउँपालिकाकाे एक जना संक्रमित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here