काठमाडौंका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त

Sharing is caring!

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् । शनिबार स्वाब दिएका मेयर शाक्यको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

शाक्यको सचिवालय स्रोतले उनी कोरोना संक्रमणमुक्त भएको र केही दिनमा नियमित काममा फर्किने बताएको छ । १५ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here