लियो क्लब अफ काठमान्डौ ढिकुराले गर्यो जुम मार्फत लियो साहित्यिक कार्यक्रम

Sharing is caring!

  भदौ २६, २०७७

लियो क्लब अफ काठमान्डौ ढिकुराले जुम एपबाट साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।

साहित्यसग लियो नाम दिइएको उक्त कार्यक्रम क्लबले मिति २०७७/०५/२६ का दिन दिउँसो ४ बजे देखि साझ ६:३० सन्चालन गरेको थियो। क्लबका सचिव सुदिप राज फुयालले उद्घोषण गरेको कार्यक्रममा लायन क्लब अफ काठमाडौं ढिकुराका अध्यक्ष रामचन्द्र भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा अतिथी साहित्यकारको रुपमा कवि कलानिधी दाहाल, कवि गोबिन्ध नेपाल, मुक्तककार बद्री उप्रेती, गजलकार आवेश मिश्र, गजलकार रमेश बलामी मनु, मुक्तककार बिनोद खत्री आकास तथा कवि तारा फुलेल सहभागी हुनुहुन्थ्यो।

लियो क्लब अफ काठमान्डौ ढिकुराका अध्यक्ष राजन भुसालको सभापतित्वमा भएको कार्यक्रममा Leo District Council 325 B1 का पदाधिकारीहरु सहित उक्त कार्यक्रममा ५० जना सहभागी हुनुभएको थियो। अतिथी साहित्यकारका साथै सचिव सुदिप राज फुयाल, कोपिला ढुङ्गाना, वरिष्ठ साहत्यकार निरु आचार्य नवरश्मी , बिजय त्रिपाठी, सह सचिव रोजिना लामिछाने लगायतले पनि रचना वाचन गर्नु भएको थियो।

लियो क्लब अफ काठमान्डौ ढिकुराले युवाहरुलाई समाज सेवाका क्षेत्रमा अगाडि बढाउनुका साथै देशको साहित्य र कलालाई समेत सम्मान र सम्वर्धनमा लियो सक्रिय रहन्छ भन्ने जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष राजन भुसालले जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here