शिक्षामन्त्रीलाई खुल्ला पत्र

Sharing is caring!

माननीय शिक्षामन्त्री ज्यू,
कोरोना एक अनौठो भाइरस को रुपमा अगाडि आएको छ। यसले विश्वभर प्रभाव पारेको अवस्था छ। देशको आम जनजीवनका साथै, देशको अर्थतन्त्र, शिक्षा का क्षेत्रमा भारी असर पुगेको छ। हाल बिभिन्न देशहरू यसको भ्यासिन निकाल्नमा जुटिरहेका छन् तर नेपालको जन-जन सम्म पुग्न एक बर्ष सम्म लाग्न सक्ने समाचारहरु आइरहेका छन्। तबसम्म बैकल्पिक माध्यमबाट सहज तरिकाले काम गरेर सकेसम्म पुगेको असरलाई न्यून गर्न सरकारले कदम चालिरहेको छ, जुन सम्मानजनक छ। विद्यालयहरुलाई दुर शिक्षाको माध्ययमबाट पढाउन निर्देशन दिइएको छ जुन पालना पनि भइरहेको छ। तर निती तथा कार्यक्रम बनाएर त्यसको कार्यान्वयन र असर हरुमा ध्यान नदिइएको होकि भन्ने प्रश्न आइरहेको हुनाले यस बारेमा केहि प्रश्न राख्न चाहेँ।

म हाल बाह्र कक्षामा अध्ययनरत बिद्यार्थी हुँ। एघारको पाठ्यक्रम को अन्त्य अन्त्यमा आएर कोरोनाको कारणले लकडाउन गरियो। कतिको पाठ्यक्रम पुरा भएको थियो भने कतिको अपुरो नै थियो। लकडाउन थपिँदै गयो र पछि खबर आयो एघार को परिक्षा नहुने भयो। धेरै बिध्यार्थी खुसी थिए त कतिलाई यो खबरले दु:ख पुर्याएको थियो। बिधार्थीहरुले त्यसपछि पढाइमा खासै ध्यान दिएनन्। तर पछि फेरी कक्षा एघारको परिक्षा हुने तर बिद्यालयले नै लिग्ने भनेर खबर आयो। त्यसमा पनि धेरै बिध्यार्थीहरुले पहिले नहुने भन्ने अहिले हुने भनेर बिध्यार्थीहरु संग खेलवाड गरिएको भन्दै बिरोध जनाए।

त्यस लगत्तै दुर शिक्षाबाट पठनपाठन सुरु गरिने भनेर शिक्षा मन्त्रालय बाट सूचना आयो। त्यसपछि बिद्यालयहरुले धमाधम कक्षा संचालन गर्न थाले तर धेरै गाउँमा इन्टरनेट को सुबिधा नपुगेका कारणले त्यहाँ अझैपनि कक्षा संचालन गरिएको छैन। मेरो आफ्नै बिद्यालयका पनि धेरै साथीहरु कक्षामा उपस्थित हुन सकेका छैनन्। महंगा डाटा प्याकहरु दिनको तिन चार घन्टा लिगेर दिनहुँ पढ्न सम्भव छैन र सबै ठाउँमा डाटा टिपेको पनि हुँदैन।

हजार जाना बिधार्थी भएको बिद्यालयमा सत प्रतिसत बिध्यार्थी उपस्थित हुने ग्यारेन्टी छैन किनकी यो काल्पनीक हैन बास्तविक कुरा हो। धेरै बिध्यार्थी उपस्थित हुन सकेका छैनन् र धेरै गाउँका बिद्यालयले संचालन गर्न सकेका पनि छैनन्। त्यसो हुँदा आधा बिध्यार्थीको पठनपाठन सुरु भयो भने आधा पछाडि नै रहे। त्यसमाथि ठुलो बज्रपात त के हो भने बिद्यालय दुरशिक्षा बाट पठन पाठन भइसकेको पाठ्यक्रम नदोहोरिने भनेर सबै बिध्यार्थीलाइ उपस्थित हुन भनेर बिद्यालयहरुले मानसिक दवाव दिइरहेका छन्। न त लकडाउन उनिहरुको दोष हो न त उनिहरु भएको ठाउँमा इन्टरनेट नपुग्नु उनिहरुको दोष हो। ठुला कक्षा देखी साना साना भाइबहिनीहरूलाई पनि त्यहि भनेर जोड दिइरहेको पाइएको छ।

माननीय शिक्षामन्त्री ज्यू,
यो मात्र एउटा समस्या हैन बिध्यार्थीहरुको। बिचमा कक्षा दशको आन्तरिक मुल्यांकन गरेर रिजल्ट निकालियो। त्यसपछि बिभिन्न कलेज हरुले एघारको भर्ना लिगे। थुप्रै बिध्यार्थी हरुको भर्ना भइसकेको छ र धेरै कलेजले त एघारको पठनपाठन पनि सुरु गरिसकेको सुन्नमा आएको छ। त्यसो हुँदा आधा बिध्यार्थी को पठनपाठन अगाडि बढिसकेको छ भने आधाको सुरु भएको छैन। त्यसो हुँदा एघार पढ्ने बिध्यार्थीहरुको नै पाठ्यक्रममा अन्तर आएको छ। तर एघारको कति बिद्यालयहरुले पठनपाठन सुरु नगर्दा अहिले बाह्र को पठनपाठन सुरु भइसकेका हरु संग एक सत्र अन्तर आएको छ १२ कक्षामै उक्लिएका तर पठनपाठन गर्न नपाएका बिद्यार्थीहरु बिचमा पनि पाठ्यक्रम मा अन्तर आएको छ। हाल बाह्र पठनपाठन गरिरहेकाले एघारको जाँच दिनु परेमा एघारको पाठ्यक्रम पुन सबै पढ्न दुई महिना भन्दा बढि लाग्छ र दुरशिक्षा बाट यहि हालतमा पठनपाठन गराए बाह्र को पनि पढेर जाँच दिनुपर्ने हुन्छ जुन आधा बिध्यार्थीले मात्र दिन सक्षम हुन्छन् र दुई दुई कक्षाको पाठ्यक्रम पुरा गरेर एकै समयको थोरै अन्तरालमा दिनु सम्भव कुरा जस्तो देखिँदैन।

अझै १२ कक्षाको पठनपाठन सकेर जाँच नदिइ बसेकाहरु र हाल बाह्र मा दुरशिक्षाको माध्ययमबाट अध्ययनरत बिद्यार्थीहरुको हुनुपर्ने शैक्षिक अन्तर कम हुँदै आएको छ भने ब्याचलर प्रथम तहको भने एक सत्रनै खाली हुने दिखिन्छ। यो अझै ठुलो समस्या हो। यसको पनि हल खोज्नु आवश्यक छ।

यी समस्याहरु कसरी समाधान हुनेछन्? दुरशिक्षाबाट पढिरहेका र पढ्न असक्षम हरुको सुबिधाको लागी के कस्तो कदम चालीन्छ? पठनपाठन सुरु नै नभएको ठाउँमा र सुरु भइसकेको ठाउँमा बिध्यार्थीहरुको बिचमा आएको अन्तर कसरी समाधान हुन्छ? अब पठनपाठन को पाठ्यक्रम परिवर्तन हुने भनेर भनिएको छ तर कक्षाहरु सुरु भइसकेको छ पाठ्यक्रम परिवर्तन गरेर के समाधान हुन्छ जब की समस्या सुरु भइसकेको छ। पाठ्यक्रम कसरी परिवर्तन गरिने छ? यि प्रश्नहरु ति बिध्यार्थीको लागी जटील छन्।

अहिले दुरशिक्षा प्रभावकारी भन्दा शिक्षामा अन्तर ल्याउने माध्यम बनेको छ। त्यसले गर्दा हामी बिध्यार्थीहरुको मनमा यि प्रश्नहरुको जवाफ को कौतुहलता र पठनपाठन मा समेत समस्या आइरहेको छ। त्यसैले यि प्रश्नहरुको जवाफ पाए हामी बिध्यार्थी हरुको कौतुहलता सान्त हुने थियो र यि समस्या हरुको पनि हल पाउने हुनाले झनै बिध्यार्थी हरुलाई सहजता र फाइदा हुने थियो। हामी बिध्यार्थीहरुले शिक्षा मन्त्रालय बाट यस बिषयमा जवाफ पाउने अपेक्षा राखेका छौँ।

हार्दिक आभार!
निराजन खतिवडा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here