ठाकुरराम बहुमुखी क्याम्पसमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइयो

Sharing is caring!

दिपु वर्णवाल, वीरगन्ज २१ भदौ : विरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएको छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ बर्षदेखी ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकको विरुद्ध निर्देशिका आएको भन्दै आंशिक प्राध्यापकहरुले निर्देशिकाको प्रतिलिपी जलाएका हुन् ।

लामो समयदेखी आंशिकमा कार्यरत देशभरका सम्पूर्ण आङ्गिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकका बिच समय समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकोमा त्यसको विपरित त्रि.वि. पदाधिकारीले मनोमानी तरिकाले निर्देशिका ल्याएको आंशिक प्राध्यापकहरुको आरोप छ ।

देशभरीका क्याम्पसमा यसको बिरोध भइरहेको र ठाउँ ठाउँमा निर्देशिका जलाउने कार्य पनि भइरहेको आंशिक प्रध्यापकहरुले बताए । देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दोलनमा होमिएका प्रध्यापकको माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएको निर्देशिका अमान्य भएकोले समान कामको समान उपलब्ध गराउनु पर्ने एक सूत्रिय माग प्रति वेवस्ता गरिए क्याम्पस खुल्नसाथ सशक्त आन्दोलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिको अध्यक्ष तेजनारायण प्रसाद यादवले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here