महामारीमा व्यवसायीहरुको स्वास्थ्यप्रति जिम्मेवार बन्दै शिल्प व्यवसायी संघ

Sharing is caring!

टंक बं. बराइली , अध्यक्ष , नेपाल सुन चाँदी शिल्प ब्यबसायी संघ

प्रकाश समीर, काठमाण्डौ । सुनको मूल्य अस्वभाविक रूपमा बढ्दै गए पछि सुनचाँदी ब्यवसायमा देखिएको व्यवसायिक कठिनाई तथा विश्वभर फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सुन चाँदी शिल्प ब्यबसायी संघले आफ्ना सदस्यहरूलाई निःशुल्क कोरोना बिमा गराइदिएको छ ।


सुनचाँदि ब्यवसाय जोखिमकै बिचमा पनि संचालन गर्नु पर्ने अवस्था र परिवारको मुख्य ब्यक्ति नै अगाडि बसेर कारोबार गर्नु पर्ने भएकोले संकमणको जोखिमसंगै यदि संकमण भई हालेमा परिवारलाई हुन सक्ने आर्थिक भारमा राहतको अनुभूति होस् भन्ने अपेक्षासहित यो कार्यक्रम अघि सारिएको संघका अध्यक्ष टंक बं. बराइलीले बताउनु भयो ।


अध्यक्ष बराइलिका अनुसार प्रत्येक सदस्यहरुलाई रु १,००,०००।– (एकलाख) बराबरको निःशुल्क बिमा गराइएको हो । संघले कोरोना महामारिसंग जुधिरहेका ब्यवसायीहरू सक्रमित भईहाले धेरै दिन आसोलेसनमा बस्नु पर्ने परिवारका सदस्यहरु पनि उच्च निगरानीमा रहने हुदा आर्थिक रुपमा पर्न सक्न सम्भावित अप्ठ्यारोलाइ मध्यनजर गर्दै बिमा कार्यक्रम ल्याईएको हो ।
बिश्व माहामारिको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसले नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणकै लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनले समेत उक्त प्रकोपलाई नियन्त्रण गर्न नसकेर कोरोना भाईरस समुदाय स्तरमा फैलिसकेको छ । बिश्व भरि छाएको आर्थिक मन्दीका कारणले अन्य ब्यवसाहिक क्षेत्रहरु लगानि गर्न भरपर्दो नभएकोले, हङकङको बिषयलाई लिएर चाईना र अमेरिकी बिचको तनावका कारण र सुन उत्पादन गर्ने खानीहरु कोरोनाका कारणले पुर्णरुपमा सञ्चालन नभए पछि सुनको मूल्य एकाएक आकाशियो ।


लकडाउनले थला परेको नेपाली अर्थतन्त्रमा महंगो सुन खरिद गर्ने उपभोक्ताको अभावमा झन लथालिङ्ग भयो । यसरी ब्यवसाय पनि संकट तर्फ उन्मुख हुनु र अर्को तर्फ कोरोनाको माहामारी दिन प्रतिदिन बढ्नुले व्यवसायमा थप समस्या देखिएको भन्दै यस बिषम परिस्थितिमा बिमा कार्यक्रम अपरिहार्य जस्तै भएको पनि अध्यक्ष बराइलीले बताउनु भयो । नेपाल सरकारबाट स्वीकृति प्राप्त अजोड इन्सुरेन्स लि. संगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य बिमामा संघमा आवद्व ब्यवसायीहरू सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here