वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

Sharing is caring!

वीरगञ्ज २३ श्रवन । वीरगञ्जमा शुक्रबार थप एक जनाको कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी ६५ वर्षीय वृद्ध पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको बिहिबार राति अढाई बजे करिवमा नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा इमर्जेन्सी शाखामा मृत्यु भएको थियो । मृत्युपछि वृद्धको स्वाबको नमूना सङ्कलनगरि कोरोना परिक्षणका लागि नारायणी अस्पताल पिसिआर प्रयोग्शालमा पठाइएको थियो ।

प्रयोगशाला आज साँझ वृद्धमा कोरोना सङ्क्रमण पुष्टि गरेको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३ वैजुलाल स्वर्णकारका अनुसार वृद्ध विगत केहि दिनदेखि ज्वरो र रुघाखोकि लागेर विरामी थिए । बिहिबार राति उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनको अक्सिजन लेभल असन्तुलित भएको ठहर गर्दै चिक्तिसकहरुले उनलाई तत्काल आइसीयुमा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।

तर, एडभान्स अस्पतालका अधिक्तम चिकित्सक आफै कोरोना सङ्क्रमित भएको कारण अस्पतालको आस्क्मिक बाहेका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । एडभान्समा उपचार सम्भव नभएपछि उनलाई आइसीयुमा भर्ना गर्न नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

यता, नेशनल मेडिकल कलेजले उनलाई भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा बिहिबार अढाई बजेको करिवमा मृत्यु भएको स्वर्णकारले बताए ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । श्रावनयता मात्रै पर्सामा १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

मृतकका परिवारजनले नेसनल मेडिकल कलेजको लापरवाहीका कारण वृद्धको मृत्यु भएको आरोप लगाएका छन । उनिहरुले अस्पतालले विरामीलाई भर्ना नगर्दा मृत्यु भएको दावी गर्दै स्थानीय प्रशासनसँग कारवाहीको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here