आज सनिवार्,शनिबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल पढ्नुहोस् ।

Sharing is caring!

श्रावण १७, काठमाडौं । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ । लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here