समाजमा सान कार्यक्रम

Sharing is caring!

साउन २३, २०७७

सान इन्टेर्नस्नल कलेजले यस कोरोनाको माहामारिको समयलाई सदुपायोग गर्दै समाजमा सान कार्यक्रम गर्दै आइरहेको छ ।

कोरोना पछी शिक्षा क्षेत्रमा पर्न गएको गम्भीर असरलाई कसरी न्युनिकरण गर्ने र आगामी दिनमा शिक्षालाई कसरी झन गुणस्तरीय बनाउने भनेर प्रत्येक दिन समाजका व्यक्तीहरुसँग सुक्ष्म सामुहिक भेट घाट गर्दै आइरहेको छ ।

थोरै थोरै को संख्यामा रही नियमित भेट घाटबाट भोलीका दिनमा अर्थिक बिपन्न बर्ग, पिछडा बर्ग र दलित बर्ग लाई कसरी शिक्षाको सहज धारमा ल्याउने भन्ने छलफल भाईरहेको छ । समाजमा सान भन्ने अभिप्रायले गरियको यस कार्यक्रम दैनिक रुपमा नियमित चलिरहने कलेजका प्रमुख डा सूबास घिमिरेले बताउनु भयो ।


सान इन्टरनेशनल कलेजले आफ्ना पूर्व विद्यार्थीले गिनिज रेकर्डमा नाम लेखाएपछि उनलाई सम्मान गरेको छ । गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल बिजय शाही लगायत सान कलेजमै अध्ययन गरेर बङलादेस बाट मेडिकल अन्कोलोजिस्ट डाक्टर उपाधी लियका प्रथम ब्यग्क्ती डा अरुण शाहीलाई पनि कालेजले सम्मान गरेको छ । बिभिन्न दिनको कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तीलाई कालेजले सम्मान गर्दै आएको छ ।

कार्यक्रमका पूर्वमन्त्री हरिबोल गजुरेल, काठमाडौ महानगरपालीका वडा नं. २ का म वडा सदस्य श्री विमल गुरुङ, वडा नं. ७ का वडा अध्यक्ष श्री शुद्ध कुमार डंगोल, साहित्यकार श्री प्रेम कुमार राई , वडा नं. ५ का वडा अध्यक्ष श्री रमेश डंगोल, वडा नं ४ का वडा सद्स्य श्री ध्रुव त्रिपाठिका साथै वडा नं. ५ का वडा सद्स्य सुश्री मिना सिङ प्रजापति , वडा नं ७ का वडा सद्स्य कृष्ण मणि भट्टराई , हास्यकलाकार तथा समजसेवी श्री निर्मल शर्मा , चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खड्का, केन्द्रिय सदस्य श्री रामेश्वर बुर्लाकोटी, चाबहिल बजार व्यवस्थापन समितिका अध्यक्ष श्री डिल्ली सुवेदी, उपाध्यक्ष श्री बलबहादुर सिलवाल, लगायत लाई सम्मान गरियको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here