मास्क नलगाई हिँड्नेलाई कारबाही‚ ३४ हजार राजस्व संकलन

Sharing is caring!

साउन २३, २०७७

 लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना लिन थालेको हो।

गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरुबाट जरिवाना स्वरुप ३४ हजार १०० रुपैयाँ संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसका साथै हालसम्म ७०० जनालाई मास्क वितरण गरिएको छ।

लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको हो। सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारबाही थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुरुप न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न सचेत गराइएको छ। अवज्ञा गर्ने नागरिकलाई संक्रमण रोग ऐन २०२० अनुसार जरिवाना गरिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here