स्वेच्छाले निकास दिनुस् : दाहाल, त्यो कुरै नगर्नुस् : ओली

Sharing is caring!

काठमाडौँ — साउन १३ मा दुवैले चालेको कदमलाई लिएर नेकपाका दुई अध्यक्षले एकअर्कामाथि आरोप-प्रत्यारोप लगाएका छन् । आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा साउन १३ मा दुवैले अर्काको कदममा आपत्ति जनाएका हुन् । 

साउन १३ मा तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि दाहालले बहुमत सदस्य राखेर बैठक गरेका थिए । यसैलाई लिएर आइतबार ओली र दाहालबीच भनाभन भएको एक नेताले बताए ।

छलफलमा ओली र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागि थिए । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका दाहालले छलफलका लागि वरिष्ठ नेता खनाललाई लगेका थिए भने ओलीले नेम्वाङलाई राखेका थिए । साउन १३ मा बहुमत स्थायी कमिटीको बैठक बस्नुअगाडि पनि दाहाल र खनालले ओलीसँग बालुवाटारमा संवाद गरेका थिए । त्यसदिन दुवैले एकतर्फीरुपमा कदम चालेपछि उनीहरुबीच अविश्वास बढेको थियो । त्यसपछि ओली र दाहालबीच भेट भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here