कोभिड महामारीमा पनि अर्थतन्त्र उकालो लाग्नु सकारात्मकः मन्त्री पुन

Sharing is caring!

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन्।

मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६/०७७ मा २.३ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गरे। संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ छ।

मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गरे। ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेलासेमत नेपालमा आर्थिक वृद्धि हुनु चानचुने नभएको उनको भनाइ छ।

‘कोभिड–१९ महामारीको चुनौतिपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतबार मन्त्री पुनले भने ‘यस्तो अवस्थामा पनि २. ३ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो, यो सरकारको सफलता हो ।’

कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालयअन्तर्गतका ठूला जलविद्युत र सिंचाइँ आयोजनाका काम नरोकिएको भन्दै उनले लकडाउन अवधिभर ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिचाइँ आयोजनाका काम निरन्तर भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here