पहिरोमा परेर मृत्यु भएका परिवारलाई प्रशासनको तीन लाख राहत प्रदान

Sharing is caring!

साउन १६, २०७७

दाङमा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात दिएको छ। 

बुधवार दाङको बंगलाचुली गाउँपालिका  ५ साकिनेमा घरमाथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएका मृतकका परिवारलाई कार्यालयले ३ लाख  नगद राहात प्रदान गरेको छ। 

प्रशासनले बिहीवार घर मै पुगि मृतकका ससुरा देविराम परियारलाई सो नगद हस्तान्तरण गरेको हो। बुधबार राति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको थियो। यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा दाङले पनि पिडित परिवारलाई राहात सामग्री हस्तान्तरण गरेको छ। 

सो अवसरमा गाउँपालिका अध्यक्ष भक्तबहादुर वली , वडा नं ५ का अध्यक्ष ऐनुराज खत्री , जिल्ला प्रशासन कार्यालय दाङका अमरराज शर्मा लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here