गुरु कुट्ने संस्कृति वृद्धि हुँदै गयाे, यसबाट जोगिनुपर्छ : केपी ओली

  • कालिका खवर
  • बिहिबार, असार १४, २०८०
  • काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताउनुभएको छ । बिहीवार आज काठमाण्डौमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताउनु भएकाे हाे ।

    उहाँले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताउनु भयाे । उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भएकाे छ ।

    उहाँले भन्नुभयो, ‘हिजाेआज गुरु कुट्ने संस्कृति छ । दु:खद् कुरा हो यो । हाम्रो देश जस्तो सभ्यताको जग बसाल्ने, सभ्यता शुरु गर्ने, सभ्यताको दियो बाल्ने, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’

    अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs