मुख्यमन्त्री बागलुङ पुगे कोरोना संक्रमितबारे जानकारी लिन

Sharing is caring!

चैत २८, २०७६

पर्वतको आइसोलेसन वार्डको निरीक्षण गरी गुरुङ धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारबारे जानकारी लिन बागलुङ पुगेका प्रमुख राजनीतिक सल्लाहकार नेपालीले जानकारी दिए । त्यस अस्पतालमा अहिले दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको तयारीबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ, म्याग्दी र पर्वत पुगेका छन् ।

मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला पुगेको हो ।

गुरुङले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्टलगायतसँग कोरोना संक्रमितको उपचारबारे जानकारी लिएका थिए । ‘उहाँले स्रोत साधनको कमी हुन नदिने भन्दै चिकित्सकलाई आत्मबल उच्च राखेर काम गर्न आग्रह गर्नुभयो’ नेपालीले भने ।

बिहीबार मात्र मुख्यमन्त्री गुरुङले अस्पतालमा उपचाररत १९ वर्षकी कोरोना संक्रमित युवतीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

गुरुङले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगी प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले कोरोना रोकथामका लागि गरेको तयारीबारे जानकारी लिएका सल्लाहकार नेपालीले बताए ।

त्यसपछि म्याग्दी गएका मुख्यमन्त्री गुरुङले त्यहाँको क्वारेन्टाइनस्थलको निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी पोखरा फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here