विपदको घडीमा नोबेलद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

Sharing is caring!

प्रकाश समीर । नोबेल साकोस साहित्यिक संस्थाको नारा नै छ ‘हामी अन्धकारलाई सराप्दैनौं बरु एउटा दियो बाल्छौं’ । साहित्यिक संस्था साहित्यिक सिर्जना र स्रष्टाहरुका लागि मात्र होइन आई परेको बेलामा सिंगो देशलाई उज्यालो बनाउने अभियानमा जुट्न सक्छ । यही कुरालाई प्रमाणित गरेको छ नोबेल साकोस साहित्यिक संस्थाले ।

देश झण्डै दुई सातादेखि लकडाउन छ । यतिबेला सामाजिक दुरी कायम गर्न सरकारले बारम्बार सूचना गरिरहेको छ । यस्तो समयमा हाम्रा अत्यावश्यक आवश्यकताहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । यसैबीच यो विपदको घडीमा एक थोपा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यसहित विभिन्न बाधा, व्यवधान र चुनौतीहरुको सामना गर्दै नोबेल साकोसले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यो समयमा विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव भएको कुरा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको सूचना प्राप्त भएकोले आफूहरुले तत्कालै यो निर्णय गरेको संस्थासंग सम्बन्धित व्यक्तित्व साहित्यकार राजनप्रसाद न्यौपाने (श्रीयम)ले जानकारी दिनु भयो । संस्थाले साहित्य सेवाको साथसाथै सामाजिक दायित्वलाई समेत मध्यनजर गरी आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको अध्यक्ष सरस्वती गौतमले बताउनु भयो ।


लकडाउनको समयमा पालना गर्नु पर्ने नियमहरु पालना गर्दै सुरक्षित रुपमा वरिष्ठ साहित्यकार प्रा.डा. उषा ठाकुर तथा पूर्व राजदुत तथा निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरको समुपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आइतबार संस्थाकै केन्द्रिय कार्यालय रहेको का.म.न.पा.– २९ घट्टेकुलो अध्यक्षको निजी निवासमा आयोजित उक्त रक्त संकलन कार्यक्रमलाई प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टिम तथा ब्लोदान काठमाण्डौका सचिव यस डोर टु डोर रक्त संकलनका संयोजक अनिल रत्न तुलाधरको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।


यस आपतकालिन रक्त संकलन कार्यमा स्थानिय टोलवासी २१ जना रक्तदाताले रक्तदान गरेर जीवनदान गर्नु भयो । संस्थाका पदाधिकारीहरू मध्ये राजन प्र न्यौपाने, रोहित कार्की, सम्राट न्यौपाने, इन्दिरा भण्डारी, लिजना न्यौपाने र एन्जेलिना न्यौपानेले विशेष सहयोग गरेका थिए । कार्यक्रम स्थल उपलब्ध गराउने र अन्य आवश्यकीय सहयोग उपलब्ध गराएर समाजसेवी व्यक्तित्व (छिमेकी) रामेश्वर निरौला तथा उहाँको परिवारले विशेष साथ दिएका थिए ।
जटिल समयमा पनि रक्तदान गर्नु हुने रक्तदाताहरु सरोज तुलाधर, मीना ठाकुर, प्रतीक के.सी., करुणा देवी पौडेल, पूर्णकला राई, रामेश्वर निरौला, इशान कार्की, गोमा कुवँर, राजकुमार के.सी., सम्राट न्यौपाने, मनीराज थापामगर, कुशल भूजेल, केशव शिवाकोटी, धर्म देउला, सुनिल कोइराला, नाई देउला, रोहित कार्की, राजन प्रसाद न्यौपाने (श्रीयम), सुधिर सिहं, प्रियंका प्रधानाङ्ग, दिवस अधिकारी रहेको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here