कोरोना संक्रमित नेपाली भन्छिन्‌ : निको हुने छाँटकाँटै छैन, सावधान रहनुस्‌ !

Sharing is caring!

चैत १०, २०७६

काठमाडौं : बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।  लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन्‌।

  संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्‍जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको, तर आफन्त र साथीभाईलाई संक्रमणले थप भयावह बनाउन सक्ने डरले सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।

रानाभाटको फेसबुक स्टाटस : Bhagabati Ranabhat11 hours ago

“१० दिनको सेल्फ़ आईसोलेसन पछि COVID 19 संग लड्दै !!
यो महामारी कति पीड़ादायक हुदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छॉट्काटै छैन । फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई बिशेस साबधान रहन अनुरोध गर्दछु “🙏🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here