काठमाण्डौका १६ ठाउँमा हात धुनका लागि पानीट्याङकी

Sharing is caring!

काठमाण्डाै – कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि काठमाण्डौ उपत्यकाका १६ ठाउँमा हात धुन पानीट्याङकी स्थापना गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ ठाउँमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी राखेको छ ।

बढी भिडभाड हुने रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगंज चोक, शिक्षण अस्पताल लगाएत ललितपुर र भक्तपुरमा पानीट्याङकी राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तिय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने ठाउँहरुमा पानीट्याङकी राखिएको जानकारी दिनुभयो ।

सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी बढी भिडभाड हुन नदिने लगायतका निर्णय यसअघि नै सार्वजनिक गरी कार्यान्वयन गरिरहेको छ । साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here