ऋण काढेर एसईई दिन गएकालाई चिन्ता : अब कसरी तिर्ने ?

Sharing is caring!

अछाम : चौरपाटी गाउँपालिका-२ सिउँडीकी पार्वती थापाको एसईई परीक्षा केन्द्र साँफेबगर नगरपालिका-१ बैद्यनाथको सुर्यचन्द्र माविमा परेको थियो। घरबाट दैनिक परीक्षा दिन सम्भव नभएकाले उनले चैत ३ गते नै परिक्षा केन्द्र नजिकै कोठा लिएर परिक्षा दिने तयारीमा थिइन्। परीक्षाको अघिल्लो दिन साँझ कोभिड-१९ कोरोना भाइरसको कारण एसईई स्थगित भएको खबर आयो। उनले त्यो खबर पत्याइनन्। उनी पछिल्लो दिन बिहानै परीक्षा दिन परिक्षा केन्द्रका पुगिन्।

उनले भनिन् ‘परीक्षा स्थगित भएको विश्वाश नै लागेन, परीक्षा केन्द्रमा पुगेपछि सरले परीक्षा नहुने भनेपछि मात्र विश्वाश लाग्यो। ऋण निकालेर परिक्षा दिन आएको थिए। पैसा खर्च भयो। अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ। अबफेरि परीक्षा दिन जाँदा पनि उतिक्‍कै खर्च हुन्छ। अब कसलाई ऋण माग्न जाने हो चिन्ता लागिरहेको छ।’

सिउँडीकै आशिष शाह पनि परीक्षा स्थगित भएपछि निन्याउरो अनुहार लगाएर घर फर्किए। उनले भने ‘एक त परीक्षा केन्द्र टाढा पर्छ। त्यसमाथि यसरी परीक्षा स्थगित हुदाँ झनै समस्या भयो। घरबाट दिएको पैसा त्यसै खर्च भयो, नहुनेलाई त झनै मर्का परेको छ। यसको क्षतिपूर्ति गाउँपालिकाले दिनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here