जेम्स स्कूलले रोकेन प्रवेश परीक्षा

Sharing is caring!

काठमाडौं । ललितपुर, धापाखेलस्थित जेम्स स्कूलले नोवल कोरोना (कोभिड-१९) भाइरसको सन्दर्भमा सरकारले दिएको निर्देशन अटेर गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्र, निजी, सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्ममा कुनै पनि गतिविधि नगर्न ५ चैतमै निर्देशन दिएको थियो ।

तर जेम्स स्कूलले भने प्रवेश परीक्षालाई निरन्तरता दिएको छ । उसले कक्षा १ मा १४४, कक्षा ४ मा ३५, कक्षा ५ मा ९, कक्षा ६ मा १९, कक्षा ७ मा ८ र कक्षा ८ का लागि २ जनाको भर्ना खोलेको छ । २१७ सिटका लागि भर्ना खुले पनि दुई हजारभन्दा बढीले फर्म भरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here