मोहन खड्काले ल्याएर फेरी दुनियाँ रुवाउने गीत

Sharing is caring!

स्लो गायनमा विशिष्ठ पहिचान निर्माण गरिसकेका चर्चित गायक मोहन खड्काले फेरी अर्को दुनियाँ रुवाउने गीत बजारमा ल्याएका छन् ।
खड्काले नयाँ लोक दोहोरी गीत ‘आँशु झारेर’ बजारमा ल्याएका हुन ।

जाम त आँशु मायाले झारि छ
नजाम भने ऋणको भारी छ
ओई आँशु झारेर
जान मन कहाँ हो र, एक्लै पारेर

नेपाली समाजको यथार्थ चित्रण गरेको यो गीत यतिबेला धेरै लोकपारखीहरुले अत्याधिक रुचाईरहेका छन् । वैदेशिक रोजगारी यतिबेला सम्पूर्ण नेपाली युवाहरुका लागि बाध्यता हो । ऋणको भारी बोकेर विदेश नगई नहुने बाध्यतामा परेको एउटा देशभक्त युवाको आवाज गीतले बोलिरहेको छ । भने उता नवविवाहित दुलही आफ्नो श्रीमानलाई विदाई गर्न निक्कै मुस्किल मानिरहेकी छिन् । यो कारुणिक दृश्यलाई गीतमा यसरी व्यक्त गरिएको छ ।

आउछु भनि शिरमा हात छुनु
विन्ति प्यारा मदन झैं नहुनु
ओई माया आँशु झारेर
नजाउ न पियारा एक्लै पारेर,

फेरी विदेश जानु भनेको मर्नु, बाँच्नुको ठेगान नहुने हो, यही तथ्यलाई फेरी गीतले यसरी व्यक्त गरिरहेको छ ।

लाइन भने दैबको आँखा
आउछु फर्कि आफ्नो चाँहि ख्याल राख
ओई माया ………….

प्रतिमा विश्वकर्माले खड्कालाई गायनमा साथ दिएकी छिन् भने गायक स्वयम्ले तयार पारेको संगीतमा शब्दहरु शिव पौडेलले भरेका छन् । विनोद बाजुरालीको म्यूजिक एरेन्ज रहेको गीतको रेकर्डिङ विमल छिनालले गरेका हुन । मेरी आमा फिल्मस् प्रा.लि.ले तयार चल दृश्यको निर्देशन कपिल लामाले गरेका छन् । प्रकाश सापकोटा र आयुष्मा कार्कीको जीवन्त अभिनय रहेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन ।
यस अघि गायक खड्काले गाएको गीत ‘महिना पुसैको’ अत्याधिक चर्चामा रहेको थियो भने यस अघि पनि खड्काका थुप्रै बहुचर्चित गीतहरु बजारमा आइसकेका छन् ।

प्रकाश समीर, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here