प्रकाश दुतराजको जनयुद्ध सम्झाउने गीत ‘रिरिरि’

Sharing is caring!

गायक तथा संगतिकार प्रकाश दुतराजले हालै बजारमा ल्याएको गीत ‘तिरिरि’ जनयुद्ध सम्झाउने गीत बनेको छ ।


तिरिर मुरली बज्यो तारे भिर
संगै जिउने, मर्ने कसमै खाको छु भो भो नलेउ पीर


प्रस्तुत गीतमा नेपाली मौलिक शब्दहरुको अधिकतम प्रयोग भएको छ । जनयुद्धको आफ्नै इतिहास छ । यो नेपालीहरुले भोगेको वास्तविकता हो तर, यसपछिको पुस्ताले यसलाई एउटा इतिहासको रुपमा मात्र लिने वातावरण बनिरहोस् भन्ने गीतको कामना रहेको छ । गायक तथा संगीतकार दुतराजले भिडियोमा उल्लेख गरेका छन् । ‘२०६० चैत्र ७ जसलाई हामी बेनी आक्रमण भएको दिन (एक कालो रात) भनेर सम्झन्छौं उस्को एउटा आफ्नै ईतिहास छ यथार्थ छ । उसका पिडा, छट्पटी दुखाईका कुराहरू भोगाईका कुराहरू अनि परिवर्तनका कुराहरू सबै आ–आफ्नै ठाँउमा छन् ।’ भन्दे यी कुराहरु हाम्रो इतिहासका रुपमा मात्र हामी पछिको पुस्ताले ग्रहण गरोस् भन्ने अपेक्षा गरेका छन् ।


प्रकाश दुतराज स्वयम्ले शब्द, संगीत सिर्जना गरेको गीतमा प्रकाश दुतराज र तृप्ती खड्काले आवाज भरेका छन् । अर्जुन थापाको म्यूजिक एरेन्ज रहेको छ भने ध्वनी सम्पादनको काम श्यामश्वेत रसाइलीले गरेका छन् ।
बहुमुखी प्रतिभाका धनी प्रकाश दुतराजकै निर्देशन तथा परिकल्पना रहेको गीतको चलदृश्यमा पछिल्लो समयमा आशालाग्दा प्रतिभा देबेन्द्र बब्लु र विष्णु दर्लामी मगरले अभिनय गरेका छन् । भिडियोमा द्धन्द्धकालको यथार्थ उतार्न दुतराजले जति मेहनत गरेका छन् त्योे दृश्यलाई क्यामेरामा कैद गर्ने काम करण चैसियारले गरेका छन् भने प्रकाश दुतराजकै अफिसियल यूटुव च्यानलबाट यो गीत बजारमा आएको छ ।
प्रकाशका यसअघि आएका गीतहरु मध्य बैनी झ्यालमा र आरने सर्वाधिक चर्चित गीत हुन । दुतराज नेपाली मौलिक लोकसंस्कृतिप्रति सजग र सचेत स्रष्टा हुन । उनका प्रस्तुतीहरु नेपाली माटो सुहाउदो छन् र हुन्छन भन्ने कुराको प्रमाण पनि यो गीत बनेको छ ।
प्रकाश समीर, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here