त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित

Sharing is caring!

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् ।नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आज डिनहरूसँग भएको छलफलमा परीक्षाका विषयमा छलफल भए पनि आधिकारिक निर्णय बिहीबार हुने बताएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

बुधबार कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here