जब कोरोनाको डरले बेहुला बेहुलीले लगाए मास्क !

Sharing is caring!

बिबिसी । सामान्यतया विवाहको दिन बेहुला तथा वेहुली विशेष रुपमा सजिन्छन् । यो जिन्दगीको निकै महत्वपूर्ण दिन हो र यस दिन गरिने श्रृंगारपटार अझ विशेष प्रकारको हुन्छ ।

तर के विवाहको दिन पनि मास्क लगाइन्छ ? सामान्यतया लगाइँदैन किनकी यो दिन सबैका लागि खास हुन्छ । र यस्तो बेला कोही पनि आफ्नो मुख छोप्न चाहँदैन ।

तर, कहिलेकाँही यस्तो परिस्थिति सिर्जना हुन्छ जसका कारण विवाहको दिन पनि बेहुला बेलुली मास्क लगाउन बाध्य हुन्छन् । त्यस्तै भएको छ दक्षिण कोरियामा ।

दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहका बेहुला बेहुलीले मास्क लगाएका थिए । दक्षिण कोरियामा हजारौं जोडीले विवाहको दिन पनि मुखमा मास्क लगाउनुपर्याे । यसको कारण थियो कोरोना भाइरसको संक्रमणको डर ।

दक्षिण कोरियाको राजधानी सोल नजिकै रहेको गेप्युजिआगुन शहरमा अवस्थित यूनिफिकेसन चर्चले पछिल्लो हप्ता हजारौं जोडीका लागि सामूहिक वैवाहिक समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा कोरोना संक्रमणको डरका कारण बेहुला बेहुलीले मास्क लगाएका थिए ।

कोरोना संक्रमणको डरका कारण सुन्दर पहिरनमा सजिएका बेहुला बेलुली मास्कमा देखिँदा समारोहको वातावरण नै भावुक बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here