क्यान्सरलाई डरलाग्दो रोगको रुपमा बुझ्नु हुँदैन : राज्यमन्त्री रावत

Sharing is caring!

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले क्यान्सर रोगलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने बताउनु भएको छ, बिश्व अर्बुद रोग दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रावतले सातै प्रदेशमा क्यान्सर रोगको उपचारलाइ बिस्तार गर्नुपर्ने बताउनु भयो ।

क्यान्सर रोगलाइ जनतासामु जानकारीका लागी प्रचारप्रसारको काम स्थानीय तहले गर्नु पर्ने र चौमासिक रुपमा कार्यक्रम र समिक्षा गर्नु पर्ने बताउनु भयो । बजेट विनियोजन गरेर मात्र नहुने भन्दै राज्यमन्त्री रावतले बजेट सदुपयोग भए नभएको अनुगमन गर्नु पर्नेमा जोड दिनुभयो ।

बजेट खर्च मात्र गर्ने परिणाम केही नदेखिने, कार्यालयमा बसेर रिपोर्ट हेर्ने र त्यसैका आधारमा धारणा बनाउने कुरा गलत छ, बजेट बिनियोजित गर्ने कुराले मात्र अभियान सफल नहुने भन्दै मन्त्री रावतले अनुगमनमा कडाइ गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचीव खगराज बरालले क्यान्सर उपचार गरेपछि निको हुने रोग हो भन्ने कुराको समेत जनतालाई बुझाउन नसकिएको बताउनु भयो, सरकारले खर्च गरेर पढाएका ९०% डाक्टरहरु नेपालमा नबस्ने हुदा सरकारको लगानी सदुपयोग हुन नसकेको बताउनु भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here