एकै प्रकृतिको घटना : पूर्वयुवराज पारसलाई छुट, आस्थामाथि उजुरी !

Sharing is caring!

काठमाडौँ । नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ ।

केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् । 


घटना पनि एकै ठाउँको थियो अर्थात  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । घटनाको प्रकति पनि एउटै हो, ‘प्रहरीमाथि दुर्व्यवहार ।’ पारसविरुद्ध उजुरी दिने कसैको आँट गरेन भने गायिका राउतविरुद्ध शुक्रबार उजुरी परेको छ । 


पारस पूर्वयुवराज हुन् भने राउत गायिका । यहाँ पदको कुरा गर्ने हो भने गायिका राउतभन्दा पारस धेरै माथि छन् । पारस सुरक्षा गार्डसहित गाडीमा यात्रा गर्छन् भने गायिका राउत स्कुटीमा यात्रा गर्छिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here