बलिउड अभिनेता अक्षय कुमार सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेता बनेका छन्।

Sharing is caring!

बलिउड अभिनेता अक्षय कुमार सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेता बनेका छन्। गत वर्ष रिलिज भएका चार सिनेमामा चारै सिनेमाले वक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि उनी बलिउडका सबैभन्दा भरपर्दा अभिनेतासमेत बनेका छन्।

योसँगै गत वर्ष उनी हजार करोडबढि कमाइ गर्ने एकमात्र बलिउड अभिनेता बने। सन् २०१९मा रिलिज भएका ‘केशरी’, मिशन मंगल, ‘हाउसपुल-४’ र ‘गुड न्यूज’ गरी चारै सिनेमाले हजार करोड बढीको विश्वव्यापी ग्रस कमाइ गरेपछि सर्वाधिक व्यापारको रेकर्ड उनको नाममा गएको हो।

यस्तै तेश्रो सिनेमा ;मिशन मंगल’ले २९०.५९ करोड भारूको ग्रस कमाइ गर्न सफल भयो। यी चारै सिनेमाको कुल कमाइ  १०७६.३४ करोड भारू हुन आउँछ।

यसैगरी यस सूचिको दोश्रो स्थानमा ऋतिक रोशन रहेका छन्। उनका ‘सुपर ३०’ र ‘वार’ सिनेमाले क्रमशः २०८.९३ र ४७४.७९ करोड भारू कमाइ गरे। यी दुबैको संयूक्त कमाइ ६८३.७२ करोड भारु हुन्छ।

यस्तै तेश्रो स्थानमा रहेका सलमान खानले दुई सिनेमाबाट ५३८.४५ करोड कमाए। जसमा ‘भारत’ सिनेमाले ३२५.५८ करोड भारू कमाउँदा ‘दबंग ३’ले २१२.८७ करोड कमायो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here