सपन बस्नेतको सानै उमेरमा रास्ट्रिय क्रितिमानि…

Sharing is caring!

आबिस्कार रेग्मी

कालिका खबर…

फोटो फिचर

काठमाडौ

सानै उमेर देखि फुटबल मैदान नजीक भयर हो कि भाग्येको खेल हो सपन बस्नेत फुटबल तर्फ आकर्षित थिए । हुन त भाग्येको खेल नै हुनु पर्छ सपनको भेट हरिश कार्की `च्यान्टे´ सङ्ग भेट हुनु। मध्य्येयेम कद र ज्यु डाल भएका सपन बस्नेत सानै उमेर देखि फुटबल खेल्थे र फुटबल खेल्ने क्रममा नै उन्को भेट हरिशसङ्ग भयो। हरिशको प्रेरणाले गर्दा नै होला सपन फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाये । सानो गौचरन खेल मैदानबाट आफ्नो रेफ्री करीअर सुरु गरेका सपन बस्नेतले करिब एक बर्षसम्म हरिससङ्ग रेफ्री गर्दै हिंडे। १६ बर्षको उमेरमानै रेफ्रीको भुमिकामा देखियेका सपनले एन्फा रेफ्री हुनु अगाभै धेरै प्रतियोगितामा रेफ्री गरिसकेका थिए । लगनशील र मिहिनेत गरेर रेफ्री गर्ने सपन अहिले आएर नेपालकै सबैभन्दा कान्छा उमेरका एन्फा रेफ्री भयेका छन् । एन्फा रेफ्री उपाधी- एन्फा रेफ्री ब्याज उनले पाएका छन् । हालै दोलखामा भएको एन्फा रेफ्री कोर्समा ३६ जना परिछार्थिलाइ पछि पार्दै सपन उत्कृष्ट रेफ्री हुन सफल भएका छन्। सपनले सानै उमेरमा नै ठुला-ठुला प्रतियोगितामा रेफ्रीको भुमिका निर्बाह गरिसकेका छन् । आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाइहरुको मायाले गर्दा आफु यहाँ सम्म आइपुगेको कुरा उनि दिल खोलेर भन्छन् । प्राय जसो सबै फिफा र रास्ट्र रेफ्रीहरु सङ्ग खेल खेलाइसकेका सपनले ठुला प्रतियोगिता पनि सम्हालिसकेका छन् । दोलखा जिल्ला लिग , नेसनल लेभल क्विक्स कप , बढी धनराशि भएको जय नेपाल कप , भिभिन्न जिल्लाको मेयर कपमा समेत आफ्नो छाप छोडिसकेका छन् ।उनले धेरै जसो महत्त्वपूर्ण खेलमा रेफ्रीको भुमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनि बताउँछन। आफुले पायेको उपलब्धिबाट रमाएका सपन अझै पनि मिहिनेत गर्दै जाने र सकेसम्म नेपाली फुटबललाइ केहि योगदान दिने सोचमा छन् । नव रेफ्री सपनले आफु मात्र नभै अरु रेफ्री बन्न इच्छुक साथिहरुलाइ पनि हौसला प्रदान गरिरहेका छन् । उनको अबको लक्ष्य भनेको चाडाे भन्दा चाडाे रास्ट्र रेफ्री बन्ने र नेपालमा ए एफ सि इलाइट रेफ्री फर्काउने रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here