बुढीगण्डकी परियोजना नेपाल आफैँले बनाउनु पर्छ: डाक्टर भट्टराई

Sharing is caring!

काठमाण्डाै – संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना नेपालल आफैँले बनाउनु पर्ने बताउनुभएको छ ।

मंगलबार गोरखा पत्रकार मञ्चले बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा काठमाण्डौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मिडियाले आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले समग्र देशको विकास हुन भौतिक विकास पहिलो आवश्यकता भएकाले गोरखाको संस्कृति र इतिहास झल्काउन गोरखकाली रबर उद्योग, गोरखा दरबार, मनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण गर्न पत्रकारहरुले पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले काठमाण्डौबाट हेर्दा मात्र गोरखा जिल्लालाई वाह ! भन्ने अवस्था रहेको बताउनु भयो । उहाँले ‘गोरखा जिल्ला विकासको क्रममा धेरै पछाडि भएकाले सबैले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना मात्रै बनाउन सकियो भने गोरखा जिल्लाले चाँडै नै फड्को मार्ने उहाँले दावी गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here