‘बाँचेकै छु जसोतसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक

Sharing is caring!

काठमाडौँ । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकै छु जसोतसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर रहेको छ ।

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ । कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here