३५ दिनमा ३० घरमा एक घर एक धारा

Sharing is caring!

१७ असार २०७६, स्याङ्जा ।

स्याङ्जा जिल्ला, बिरुवा गाउपालिका वडा न ६ मा देउराली खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा गाउपलिका अध्यक्ष चुनप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउपालिका कै विकट ठाउँ चिन्नेवासमा १९ घर जनजाती, ६ घर दलित, अन्य जाती ४ घर र एक विध्यालय छ । १ घर १ धारा कार्यक्रम सम्पन्न भैसकेपछि पानी लिनैको लागि २०-२५ मिनेट हिड्नुपर्ने बाध्यता हटेको छ । गाउलेहरु उत्साहित छन ।

उक्त योजना २०७६ जेष्ठ ४ गते सम्झौता भएको थियो भने सम्झौता भएको ३५ दिनमा अर्थात २०७६ असार ९ गते सम्पन्न भएको छ । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अथित चुन प्रशाद शर्माको साथै वडा न. ६ का वडा अध्यक्ष कृष्ण क्षेत्री र हरिनास गापा वडा न.२ का वडा अध्यक्ष पर्शुराम लम्सालले मन्तब्य राख्नु भएको स्थानियले जानकारी दिए ।

स्थानीय चुनाव लगत्तै खानेपानी र सरसफाइलाई फोकस गरेको गाउपालिकाले अहिले सम्म गाउपालिकाको ९३७ घरमा एक घर एक धारा कार्यक्रम सम्पन गरेको छ।

कार्यक्रमको फोटोफिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here