सबै विषयलाई समान समय नै सफलताको कडी, एसईई मा ४ जिपिए !!!

Sharing is caring!

काठमान्डौ
१२ असार |
एसईईको बिहीबार सार्वजनिक भएको नतिजामा काठमाडौँकी संरचना लोहनीले ४ जिपिए ल्याएकी छन्। उनी कलंकीस्थित विज्डम इंगलिस एकेडेमीबाट एसईई परीक्षामा सहभागी भएकी थिइन्। उनले सबै विषयमा ए प्लस ल्याएकी छन्।

एसईईमा ४ जिपिए ल्याएपछि हर्षित संरचनाले कालिकाखबरसंग कुरा गर्दै भनिन्, ‘मैले हरेक विषयलाई उत्तिकै समय दिएर पढेकी थिएँ।’ उनी घरमा र स्कुलमा धेरै मेहनत गर्नुका साथै अतिरिक्त अभ्यास पनि गर्थिन्। उनी पढाइका किताबका अतिरिक्त बाहिरी पुस्तकहरु पनि पढ्ने गर्थिन्।

उनलाई पढाइका अतिरिक्त नाच्न र गाउन पनि मन पर्छ। अब उनले फिजिक्स पढ्ने र इन्जिनियरिङ क्षेत्रमा जाने योजना बनाएकी छिन्।

उनको घरमा बुवाआमा, एक दाजु र एक दिदी छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here