सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

Sharing is caring!

२९ फागुन, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यति धेरै मानवीय क्षति हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको यो पहिलो दुर्घटना हो । यो दुर्घटनाको सन्दर्भमा हामीले विमान चालक सिनियर क्याप्टेन विजय लामासँग गरेको कुराकानीलाई आर्काइभबाट प्रस्तुत गरेका छौं ।

विमान चालक बन्ने विजय लामाको बच्चैदेखिको हुटहुटी हो । उनकै शब्दमा भन्दा विमान चालक नै बन्छु भनेर उनी पढ्थे, खेल्थे, हिँड्थे, सुत्थे, निदाउँथे र ब्युँझन्थे ।

‘त्यतिबेला एउटा प्लेन आकाशमा उड्दा सिंगो काठमाडौंलाई थाहा हुन्थ्यो । म आकाशतिर हेथेर्ँ र कल्पिन्थेँ,’ विजय भन्छन् ।

उनलाई बाल्यकालमा विमानचालक बन्ने हुटहुटी पैदा गर्ने थुप्रै कारणमध्ये एक कारण हुन्-रामकुमार अकेला ।

रामकुमार अकेला (खास थर प्रधान) नामका व्यक्ति उनको घरमा धाइरहन्थे । एयरपोर्ट भन्सारमा काम गर्ने उनी सधै गोजीभरि चकलेट बोकेर आउने गर्थे । ‘यो प्लेनमा बाँड्ने चकलेट हो, प्लेनमा जति पनि चकलेट पाइन्छ,’ भन्दै विजयलाई खुवाउँथे ।

अकेलाको नजर चाहिँ हुँदोरहेछ विजयकी दिदी (ठूलोबुवाकी छोरी जुग्नु) तिर, जो विजयको घरमा बसेर पढ्थिन् । अकेलाले उनकी जुग्नु दिदीलाई पट्याएरै छाडे र पछि बिहे पनि गरे ।

विजयलाई भने ‘प्लेनमा त जति पनि चकलेट पाइन्छ’ भन्ने उनको शब्द महत्वपूर्ण लाग्यो । विमान चालक बन्नलाई सायद यो पहिलो उत्प्रेरक तत्व थियो भन्ने लाग्छ उनलाई ।

तर, बाल्यकालमै उनको आँखामा समस्या आयो । डाक्टरले उनलाई माइनस वाला चश्मा भिराइदिए । विजयले कतै सुनेका थिए, माइनस चश्मा लगाउनेले विमान चालकको लाइसेन्स पाउन सक्दैन ।

यसरी एउटा माइनस चश्माले उनको सपनाको भ्रुण हत्या गरिदियो । उनी अरु नै क्षेत्रमा बरालिन थाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here