सुनको कोटा तत्काल बढाउनु पर्छ : बराईली

Sharing is caring!

प्रकाश समीर
काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंक बराईलीले सुनको कोटा तत्काल बढाउनु पर्ने बताउनु भयो ।


नेपाल राष्ट्र बैंकले कोरोना भाईरस (कोभिड–१९) को प्रभावसंगै सुनको कोटामा कटौती गर्दै दैनिक १० के.जी बनाउने निर्णय गरेको र अहिले बजार सामान्य भईसक्दा पनि सोही कोटालाई निरन्तरता दिईरहेको भन्दै यसले कालोबजारीलाई प्रसय दिईरहेको बताउनु भयो । शनिवार संघको केन्द्रिय कार्यालय नयाँ बजारमा पत्रकारहरुसंगको कुराकानीका क्रममा नवनिर्वाचित अध्यक्ष बराईलीले नेपाल बिश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको र सिन्डिकेट आफैमा कालोबजारीलाई प्रोत्साहन गर्ने विधि भएकोले सुन आयतमा कोटा लगाउनु जायज नभएको बताउनु भयो ।
अध्यक्ष बराईलीले नियन्त्रणमुखी व्यवस्था कदापी स्वीकार्य नभएको बताउदै भन्नु भयो ‘देशको जनसंख्या बढ्ने, ब्यवसायी बढ्ने, राष्ट्रिय प्रतिब्यक्ति आय बढ्ने, निर्यात पनि बढ्ने र मुलुक समृद्धितर्फ अगाडि बढ्दै गर्दा गहना बनाउने कच्चापदार्थ आयतमा नियन्त्रण मुखि ब्यवस्था कदापि ब्यवसायीलाई स्वीकार्य छैन ।’
आज नेपालीहरु विभिन्न विदेशी भूमिमा श्रमको खोजीमा भौतारिरहेका छन् भन्दै अध्यक्ष बराईलीले सुनको सहज आयातले रोजगारीको वातावरण सिर्जना गर्न सकिने र नेपाली मौलिक गहनाको उत्पादन गरी अन्र्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावनामाथि सरकारले आँखा चिम्लेको आरोप लगाउनु भयो ।
त्यस्तै अध्यक्ष बराईलीले सुन खरिदका क्रममा वाणिज्य बैंकहरुले आफू खुशी नीति बनाउदा व्यवसायीहरुलाई समस्या उत्पन्न भएको बताउनु भयो । यसको समाधानका लागि संघले आवाज उठाईरहेको जानकारी दिनुभयो । सरकारले रक्सी, गुट्खा, बिलासी गाडी आयातमा कुनै सीमा नतोकेको तर, सुन आयातमा लगाइएको सिन्डिकेटले कालोबजारीलाई प्रशय दिएको भन्दै यस्तो सिन्डिकेट तुरुन्त खारेज गरी कालोबजारी नियन्त्रण गर्न आग्रह गर्नु भयो । यसबाट राजश्व संकलनमा समेत सरकारलाई फाइदा पुग्ने दावी अध्यक्ष बराईलीले गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here