संवैधानिक परिषद्‍ बैठकमा सहभागी नहुन देउवाको आह्वान

Sharing is caring!

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन् । 

शनिबार विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने उनले बताएका हुन् । देउवाले परिषद्‍ बैठकमा उपस्थित नहुन अन्य सबै सदस्यलाई आह्वानसमेत गरेका छन् । 

‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु’, पूर्वप्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।
 
उनले कानुन निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटकपटक अध्यादेश जारी गर्ने काम भएको टिप्पणी पनि गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here