विनोद सिलवालको अध्यक्षतामा अनेरास्ववियु ज्वालामुखि गाउपालिका कमिटि गठन

Sharing is caring!

२७ भदौ, धादिङ ।अनेरास्ववियु धादिङको सचिवालय सदस्य सितारम तिवारी को अध्यक्षतामा भाद्र २७ गते आयोजित भेलाले गाउपालिका स्तरिय ज्वालामुखि गाउपालिका कमिटी गठन गरेको छ । अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सन्तोष राना क्षेत्रीको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सन्जय दुवाडी र नेकपा एमाले धादिङको युवा नेता हरि थापाको विशेष आतिथ्यता तथा अनेरास्ववियु धादिङको संयोजक भुवन श्रेष्ठ, सचीव रक्तिम रेग्मी , अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य जित प्रसाद सिटौला, अनेरास्ववियु धादिङको सदस्य उज्ज्वल केशी को आतिथ्यतामा अनेरास्ववियु ज्वालामुखी गाउपालिका स्तरीय भेला भव्य रूपमा सम्पन्न भएको छ । भेलाले गाउपालिकामा बढ्दो राजनैतिक तथा अनणय भष्ट्रचार र शैक्षिक गुणस्तर उकास्ने र बिधार्थिहरुलाई समाजको हरेक सुख दुखमा रचनात्मक ढङ्गबाट घच्चघच्याउन र समाज रुपान्तरण गर्ने उदेश्यको साथले बिनोद सिलवालको अध्यक्षतामा ३६ सदस्यीय अनेरास्ववियु ज्वालामुखी गाउपालिका स्तरीय कमिटी गठन भएको छ । साथै उपाध्यक्ष राम चन्द्र अधिकारी सचिव सुवास ढुवाडि सह सचिव प्रसान्त रुवालि ,दिपिका सिमखडा ,हरि दुवाढि कोषाध्यक्ष -मनोज खकुराल सहित ३६ सदस्यीय पालिका स्थरिय अनेरास्ववियु ज्वालामुखि गाउपालिकाको स्थापना गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here