महासंघका नयाँ पदाधिकारीलाई शिल्प व्यवसायी संघले गर्यो भव्य सम्मान तथा स्वागत

Sharing is caring!

  • प्रकाश समीर

काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आप्mनो अभिभावक संस्था नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको सातौं साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
महासंघको सातौँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष रमेश महर्जन, प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशर बहादुर विक र सह कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा, कार्यसमिति सदस्यहरु गंगाराम रसाईली, विष्णुभक्त बराईली, दीपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर विक, आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा, महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रशीला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मानार्थ बिशिष्ट सदस्यमा रुद्र बहादुर बराईली र कृष्णलाल महर्जन चयन भएका छन् ।
शनिवार होटल अलफ्ट छायाँ कम्प्लेक्स ठमेलमा आयोजित कार्यक्रमका बीच नेपाल सुन चाँदी रत्न तथा आभुषण महासघंका नव निर्वाचित अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र प्रदेश संयोजकहरुको एक विशेष समारोहको आयोजना गरी सम्मानसहित बधाई ज्ञापन गरेको हो । महासंघका सम्पूर्ण पदाधिकारीहरुलाई खादा, तथा पुष्पगुच्छाद्धारा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । महासंघका नवनिर्वाचित सचिव तथा संघका अध्यक्ष टंक बहादुर बराईलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सुनचाँदीको क्षेत्रमा देखिएका समस्याहरुका बारेमासमेत सहभागिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति एवम् अध्यक्ष बराईलीले विवाहको सिजनमा हुने कच्चा पदार्थको अभावमा महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औल्याए । त्यस्तै आफू समेत महासंघको नेतृत्वमा पुगेकोले कच्चा पदार्थको व्यवस्थापन तथा सुनचाँदी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेतृत्वलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सुन चाँदी ब्यवसायलाई नियमनकारी निकाय भनेर राजस्व बिभागलाई तोकेको र सुन चाँदी ब्यवसायी संघका पदाधिकारी र होलसेलरहरुको बिवरण राजस्व बिभागलाई तत्काल उपलब्ध गराईदिनु भन्ने पत्रप्रति संघको गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।
त्यस्तै प्रमुख अतिथिसमेत रहेका महासंघका नवननिर्वाचित अध्यक्ष रमेश महर्जनले व्यवसायीहरुले भोगेको समस्याहरु समाधान गर्न महासंघ जहिले पनि अग्रसर रहने उल्लेख गरे । स्वच्छ व्यवसाय सम्मानित व्यवसायी राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउने योजना रहेकोले भन्दै उनले उक्त अभियान सफल भएमा व्यवसायीक समस्या न्युनिकरण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्तव्य राख्दै महासंघका मानार्थ विशिष्ट सदस्यहरु रुद्रबहादुर बराईली कृष्णलाल महर्जनले व्यवसायीक समस्याहरुको बारेमा उजागर गर्दै व्यवसायीहरु एकताबद्ध भएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा नेपाल सुन चाँदी शिल्प व्यवसायी संघका मनोनित विशिष्ट सदस्य मिन बहादुर तामाङ र कार्यसमिति सदस्य राजेन्द्र घिमिरेलाई प्रमाण प्रत्र प्रदान गरिएको थियो । कोभिडका कारण पूर्ण सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डसहित संचालन गरिएको कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण पोत्रेलले गरेका थिए । संघका प्रथम उपाध्यक्ष अर्जुन विकले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here