बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै। आगामी वर्षको बजेटका विषयमा छलफल हुने

Sharing is caring!

काठमाडौं : मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकमा आगामी वर्षको बजेटका विषयमा छलफल हुने जनाइएको छ।  बजेट पेस गर्ने मिति नजिकिदा समेत सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति आउन अब ९ दिन मात्र बाँकी छ ।

संवैधानिक व्यवस्था अनुसार बजेट आउनुभन्दा १० दिनअघि प्रिबजेटबारे छलफल सकिनुपर्छ। १५ दिनअगावै वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने हुन्छ। बजेटअघि राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुपर्ने हुन्छ। नीति तथा कार्यक्रम संसद्बाट अनुमोदन भएपछि मात्रै बजेट ल्याउनुपर्ने हुन्छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद बैठक बस्नुअघि स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो २ बजे बस्दैछ।

बैठकमा समसायिक राजनीतिक विषय र आगामी बजेटका विषयमा छलफल हुने जनाइएको छ। स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here