बनाएको आयोग खारेज भएको हो, सुकुम्बासीले जग्गा पाउँछन्: गगन थापा

Sharing is caring!

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

आयोग विघटन भएको भोलिपल्ट बुधबार चितवन पुगेर सत्तारूढ कांग्रेसका नेता थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको जिकीर गरे।

‘सुकुम्बासी आयोग भंग भयो। यो आयोग भंग गरेको भनेको यहाँको सुकुम्बासीलाई जग्गा दिने काम बन्द भयो भनेको होइन,’ राप्ती नगरपालिका वडा नम्बर ९ को नवनिर्मित भवन उद्घाटन गर्दै थापाले भने, ‘पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरेको हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here