ललितपुर स्थित कुमारीपाटीको बजाज सर्भिस सेन्टर प्रति ग्राहकहरुको चरम असन्तुष्टि रहेको बुझिएको छ। बजाज कम्पनीले आफ्ना नियमित ग्राहकलाई Annual Maintenance SCHEME प्रदान गर्ने गर्दछ। यो scheme प्राप्त गर्न ग्राहकले रु १५०० तिर्नुपर्ने हुन्छ तर कम्पनीले पैसा लिई उक्त योजना ग्राहकलाई प्रदान नगर्ने तथ्य खुलेको छ। एक ग्राहकका अनुसार उक्त Scheme कार्ड लिइ पटकपटक शोरुममा पुग्दा अनेक बहाना पारी फर्काएको बताउँछन् । उनी भन्छन् फोनमा आउनुस् भनेर बोलाउछन् तर अफिस पुगेपछि रत्तिभर रेस्पोन्स गर्दैन, आतिथ्यता त पटकै छैन। सबै घमण्डी व्यवहार प्रदर्शन गर्छन।” अन्य ग्रहकहरु पनि सर्भिसिङ को लागि आफ्नो साधन छोड्दा कहिले पेट्रोल चोरी हुने त कहिले आफ्नो साधनको original सामान संग duplicate सामान साटिदिने आरोप लगाउने गरेका छन्। ग्राहकहरुको अनुसार उक्त शोरूमले ग्राहकलाई सेवा दिनुको साटो वैधानिक तवरले पैसा लुट्ने गरेको बताएका छन् ।
सर्वाधिक लोकप्रिय
रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक
काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ।
शनिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,...
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: मन्त्री ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका...
मोर्चा बनाएर अबको चुनावमा ओलीलाई पत्रकार महासंघमा जस्तै चौथो स्थानमा झार्नुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।