फागुनसम्म बैंकहरुको बिजनेसः कसले कति बढाए?

Sharing is caring!

बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह गर्नु हो। कर्जा प्रवाह बढ्दै जाँदा बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। 

मुल पुँजी र संकलित निक्षेपको योगफलमा बैंकहरुले प्रवाह गरेको कर्जालाई सिसिडी रेसियोले जनाउँछ। यस्तो रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था छ।

तरलता साँघुरिँदै जाँदा सिसिडी रेसियो बढ्दै जान्छ। पुस मसान्तसम्म औसत सिसिडी रेसियो ७४ प्रतिशत रहेकोमा हाल यो दर ७८ प्रतिशतको हाराहारीमा पुगेको छ। 

तरलताको अवस्थाले नै ब्याजदर निर्धारण हुन्छ। बैंकहरुमा तरलता पर्याप्त भएमा ब्याजदर कम हुने गर्छ भने अभाव भएको खण्डमा ब्याजदर बढ्न जान्छ। 

पछिल्ला दिनमा बैंकहरुले प्रवाह गरेको कर्जा निक्षेपका तुलनामा बढ्दै गएको छ। संकलित निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर उच्च छ।

फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरुले कुल ३४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जबकि गत वर्षको फागुन मसान्तसम्म २८ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले मात्रै करिब ६ खर्ब रुपैयाँ कर्जा बढाएका छन्। यसरी कर्जा बढाउनेमा एनआइसी एसिया, प्रभु, सिभिल, कुमारी, मेगा, अब्बल देखिएका छन्। 

हेर्नुस् एक वर्षको अवधिमा कुन बैंकले कति बढाए कर्जा प्रवाह ?

बैंक२०७६ फागुनसम्मकाे कर्जा२०७७ फागुनसम्मकाे कर्जा
नेपाल बैंक१ खर्ब ३ अर्ब१ खर्ब २६ अर्ब
राष्ट्रिय वाणिज्य१ खर्ब ५१ अर्ब१ खर्ब ७३ अर्ब
नबिल१ खर्ब ४७ अर्ब१ खर्ब ८६ अर्ब
इन्भेष्टमेन्ट१ खर्ब ४१ अर्ब१ खर्ब ६० अर्ब
स्टान्डर्ड चार्टड५९ अर्ब६४ अर्ब
हिमालयन१ खर्ब ८ अर्ब१ खर्ब २१ अर्ब
एसबिआई९६ अर्ब९७ अर्ब
नेपाल बंगलादेश६१ अर्ब६६ अर्ब
सानिमा९२ अर्ब१ खर्ब ११ अर्ब
एभरेष्ट१ खर्ब १८ अर्ब१ खर्ब २३ अर्ब
बिओके८४ अर्ब९६ अर्ब
एनसिसी७० अर्ब८८ अर्ब
एनआइसी एसिया१ खर्ब ७५ अर्ब२ खर्ब ५३ अर्ब
माछापुच्छ्रे९१ अर्ब१ खर्ब १३ अर्ब
कुमारी९० अर्ब१ खर्ब ३० अर्ब
लक्ष्मी९२ अर्ब१ खर्ब १ अर्ब
सिद्धार्थ१ खर्ब २६ अर्ब१ खर्ब ५२ अर्ब
कृषि विकास१ खर्ब २० अर्ब१ खर्ब ३७ अर्ब
ग्लोबल आइएमई१ खर्ब ९४ अर्ब२ खर्ब २७ अर्ब
सिटिजन्स७४ अर्ब९६ अर्ब
प्राइम कमर्सियल१ खर्ब १३ अर्ब१ खर्ब ३० अर्ब
सनराइज८१ अर्ब९३ अर्ब
एनएमबि१ खर्ब २० अर्ब१ खर्ब ४६ अर्ब
प्रभु९९ अर्ब१ खर्ब ३६ अर्ब
मेगा८० अर्ब१ खर्ब ३१ अर्ब
सिभिल५१ अर्ब७५ अर्ब
सेन्चुरी६१ अर्ब

पछिल्लो एक सातामै थपियो ४० अर्ब निक्षेप, ३९ अर्ब बढ्यो कर्जा
चैतको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार चैत १३ गतेदेखि २० गतेसम्म सो निक्षेप थप भएको हो।

चैत १३ गतेसम्म कुल ३८ खर्ब ५० अर्ब निक्षेप संकलन भएकोमा २० गतेसम्म ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। 

 सो अवधिमा कर्जा प्रवाह भने ३९ अर्ब रुपैयाँले बढेको छ। १३ गतेसम्म ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २० गतेसम्म ३५ खर्ब १ अर्ब पुगेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here