पशुपति गुरूङद्वारा विद्यालयलाई ५ लाख प्रदान बिद्यालयले गर्याे भब्य सम्मान

Sharing is caring!

कास्की । बरिष्ठ समाजसेवी संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको बिद्यालयलाई पाँच लाख अक्षयकोष प्रदान गर्नु भएको छ ।


आफ्ना हजुरवुवा लक्ष्मण गुरूङले बि.स. २००६ सालमा स्थापना गर्नु भएको कास्कीको घान्द्रुकमा रहेको श्री मेश्रम बराह मा.बि.लाई उक्त रकम प्रदान गर्नु भएको हो । विपन्न बिद्यार्थीहरूलाई छात्रबृद्वि प्रदान गर्ने उदेश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष गुरूङले बताउनु भयो ।
त्यस्तै अक्षयकोषदाता गुरुङलाई विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरि भब्य सम्मान गरेको छ । विद्यालयद्वारा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै गुरूङले आफ्नो पुर्खाको योगदानको संस्मरण गर्दै पुर्खाको राम्रो कामको अनुशरण गर्नु पर्छ भन्ने सन्देश दिन अक्षयकोष प्रदान गरेको बताउनु भयो । अध्यक्ष गुरुङले भन्नुभयो ‘आफ्नो जन्मथलोका कोही पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नरहुन भन्ने उदेश्यले अक्षयकोष स्थापना गरेकी हुँ ।’ शिक्षा जीवनको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले आगामि दिनहरुमा पनि विद्यालयलाई यस्तै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समाजसेवी परिवारमा जन्मिएकी गुरुङको उदारताको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच अध्यक्ष गुरुङलाई पुष्पगुच्छाले भव्य स्वागत गरिएको थियो । हजुरबुवा लक्ष्मण गुरुङको स्मृतिमा स्थापना गरिएको ‘लक्ष्मण गुरुङ स्मृति कोष’ का एक दाता दुर्गाबहादुर गुरुङकी कान्छी सुपुत्री पशुपति गुरुङले विद्यालयलाई गर्नु भएको सहयोगले आफूहरुलाई उर्जा आएको बताउदै विद्यालयका प्रधानध्यापक यमप्रसाद भण्डारीले एक प्रेरक र उदाहरणीय समाजसेवीका रुपमा गुरूङको परिचय गराउनु भएको थियो । आफैले पढेको बिद्यालयबाट सम्मान पाउँदा भावुक बन्दै मन्तव्यका क्रममा आफ्नो बाल्यकालको स्मरण गर्नु भएको थियो । अहिलेका विद्यार्थीहरु भाग्यमानी भएको भन्दै आफ्नो समयमा खाली खुट्टा विद्यालय गएको सम्झना सुनाउनु भयो । आफ्नो पुर्खाहरुको योगदानबाट निर्माण भएको विद्यालयलाई देशको नमूना विद्यालय बनाउनका लागि शिक्षक तथा विद्यार्थीहरुलाई आग्रह गर्दै अध्यक्ष गुरुङले आगामि दिनहरुमा पनि सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागि शिक्षक÷शिक्षिकाहरुले गुरुङको योगदानलाई जति नै कदर गरे पनि नपुग्ने बताएका थिए । कार्यक्रमको अन्तमाः गुरुङले विद्यालयको प्रवेशद्धारसँगै राखिएको आफ्ना हजुरवुवाको मूर्तिमा माल्र्याणपण गर्नु भएको थियो । त्यस्तै संस्कार समाज नेपालका सचिव प्रकाश समीरले पनि शिक्षासेवी, समाजसेवी स्व. लक्ष्मण गुरुङको सालिकमा संस्थाका तर्फबाट खादा लगाउदै यस्तो व्यक्तित्वको सम्मान गर्न पाउँदा आफू गौरवान्वित महसुस गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here