पछिल्लो २४ घन्टामा ५२ जनाको मृत्यु ,थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि

Sharing is caring!

काठमाडौं : पछिल्लो २४ घन्टामा  थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १८ हजार ७८७ नमूनाको पीसीआर र ५०६ को एन्टिजेन परीक्षमा ८ हजार ८५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८८ हजार १६०  पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ६७ सय ३० र ८१ हजार ४३० होमआइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५२ जनाको कोरोनाबाट ज्यान गएको छ। आज देशभर ४१९ जना क्वारेन्टाइनमा छन्। यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here